बोकोहरामको आक्रमणबाट चाडमा ९२ सैनिकको मृत्यु

एजेन्सी । जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सैनिकको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गरेको अन्तर्राष्टि सञ्चार माध्यमले जनाएका छन । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो ।

घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासँगको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियाबाट अभियान सुरु गरेका हुन् ।

आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी ९२ सुरक्षाकर्मीहरुलाई गुमाएको राष्ट्रपति ईट्नोले मंगलवार बताएका छन । उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।

उनले घटनास्थल क्षेत्रको भ्रमण समेत गरेका छन । नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।