जन्मदिन बिर्सेर सुटिङमा मस्त आदित्य र दिशा

आदित्य राय कपूर र दिशा पाटनी यतिबेला सुटिङमा मस्त छन् । मोहित सूरीको फिल्म ‘मलंग’को सुटिङमा उनीहरु आफ्नो जन्मदिनसमेत बिर्सेर लागिपरेको मिडियाहरुमा उल्लेख गरिएको छ ।

गोवामा भइरहेको सुटिङको तस्बिर आदित्यले इन्स्टाग्राममा शेयर गरेका छन् । उनीहरुको एउटा अर्को तस्बिर पनि भाइरल भइरहेको छ । जसमा उनीहरु गोवाको कैजुअल्स बाइकमा रमाइरहेको देख्न सकिन्छ ।

सुटिङका क्रममा आदित्यले १६ नोभेम्बरमा परेको आफ्नो जन्मदिनको पनि ख्याल नगरेको बताइएको छ । उनले जन्मदिनको दिन पनि फिल्को सुटिङ गरेको बताइएको छ ।

सन २०२० को भ्यालेन्टाइन दिवशका दिन प्रदर्शनको तयारी गरिएको फिल्ममा अनिल कपूर, कुणाल केमू पनि देखिनेछन् ।