बालाको कमाई १०० करोड

एजेन्सी । आयुष्मान खुरानको फिल्म बालाले १०० करोड कमाई गरेको छ । यसभन्दा अघि प्रदर्शनमा आएको ऋतिक रोशनको फिल्मले ५० औँ दिन पार गर्दा सवा ३ सय करोड कमाएर यो वर्षकै बढी आम्दानी गर्ने फिल्म बनेको छ ।

बालाले साता दिनमा गरेको कमाइले बलिउडमा एकखालको तरंग ल्याएको छ । शनिबार एक दिनमा मात्रै फिल्मले अढाइ करोडको कमाइ गरेको थियो । व्यापार विश्लेशक तरण आदर्शका अनुसार बालाले राम्रो कलेक्शन गरेको छ ।

फिल्मले अहिलेसम्म १०३ करोड पार गरेको छ । फिल्म विश्लेषकले यसलाई राम्रो संकेतका रुपमा लिएका छन् ।