‘गोली गठ्ठा’ लिएर आएर क्याप्टेन लामा

काठमाडौं । आकाशमा हवाइजहाज मात्र होइन भावनाको उडान पनि सँगै गर्दै आएका छन् क्याप्टेन विजय लामा । लामाले पछिल्लो समय ‘गोली गठ्ठा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सुर्य गुरुङले रचेका शब्दमा कल्याण सिंहले संगीत भरेका हुन । इराक र अफगानिस्तानमा पुगेर शान्ति सुरक्षामा खटिएका लाहुरे नेपालीको मर्मलाई गीतमा समेटिएको छ । मरुभूमिको रापिलो जमिनमा बन्दुक, गोली–गठ्ठाको सिरानी हालेर युद्धमा होमिएका योद्धाको मनोभावना गीतमा व्यक्त गरिएको छ ।

देवीदेवता भाकेर गोली, बारुदको बीचमा दुस्मनसँग लड्दै आफ्नी प्रियसीलाई लामाले गीतमा भनिएको छ– ‘लडाइँमा मरेछु भने वीरता प्राप्त गरे सम्झनु छोराछोरीलाई राम्रो लालनपालन गर्नु ।’

भिडियोमा स्टेजमा गीत गाइरहेको दृश्य कैद गरिएको छ । लामो समयदेखि नेपाली चलचित्रमा अब्बल अभिनय गर्दै आएका अभिनेता लामा ठूला विमान लिएर अन्तर्राष्ट्रिय आकासमा उडाउँदै आएका छन् ।

संगीत पढेका क्याप्टेन लामाले यसअघि आमा, तिमीलाई सम्झदा, कसम मेरो, अधुरो व्यक्तिसहित थुप्रै गीत श्रोतामाझ ल्याइसकेका छन् । उनले गायनसँगै संगीत कम्पोज समेत गरेका छन् ।