कोरोनाका कारण सिटिजन्स बैंकको विशेष साधारणसभा स्थगित

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ विशेष साधारणसभा स्थागित भएको छ ।

सरकारले २५ जना भन्दा बढी भेला नहुन, समारोह, भोज, पार्टीलगायत नर्ग गरेको अनुरोधका बीच चैत १२ गते हुने भनिएको साधारणसभा स्थगित गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

योसँगै बैँकले कोरोना भाइरको महामारीको जोखिम न्युनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई सहयोग गर्ने उद्देश्यले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको समेत जानकारी गराएको छ ।

शनिबार बसेको पदाधिकारीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको विज्ञप्तिमा जनाइएको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ९४ वटा शाखा, ९४ वटा एटिएम र एक सय तीन वटा शाखारहित बैंकिङ्ग एकाईबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।