यस्तो रहने छ आज दिनभरको मौसम

काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले देशका धेरै स्थानमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर निम्नचापीय प्रणालीको रुपमा रहेको छ ।

उक्त प्रणालीको प्रभावले आज दिउँसो पूर्वी क्षेत्रका थोरै स्थान तथा मध्य र पश्चिमी क्षेत्रका पहाडी भू-भागमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्यांग र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ ।