कांग्रेसले बनायो ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’

कांग्रेसले उद्योगपति तथा काँग्रेस नेता विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ ।

पार्टीको वैशाख १७ गते बसेको पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार उक्त समिति गठन गरेका हुन । कोरोनाले देशका विभिन्न क्षेत्रमा पारेको असर अध्ययन गरि आवश्यक कार्य र विभिन्न कार्य गर्ने निर्णय अनुसार चौधरीको संयोजकत्वमा समिति गठन गरेको हो ।

दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य समितिमा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन गरेर पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिने बताइएको छ ।