सडकमा सेना किन देखिएको ? यो सरकारको नियत के होः नेता प्रकाशमान सिंह

काठमाडौं । सडकमा सेना देखिएकोप्रति नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा सांसद प्रकाशमान सिंहले प्रश्न उठाएका छन । सांसद सिंहले राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने सेनालाई सडकमा राखेको प्रति आपत्ती जनाएका हुन् ।

सोमबार सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभामा सांसद सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा सेना किन देखिएको भन्दै प्रश्न उठनाएका हुन ।

सिंहले भने, ‘हिजो कालिमाटी सडकमा सेनाले चेक गरेको भन्ने सुन्नमा आएको छ, शान्ति सुरक्षामा नेपाल प्रहरी खटाउने हो । राष्ट्रिय सुरक्षामा सेना खटिनुपर्ने हो । सीमामा सशस्त्र पठाएर सडकमा सेना पठाउनु यो सरकारको नियत के हो ?’ उनले सेना लगाएर जनतालाई अपमानित गरिएको, विना सूचना नै सेना सडकमा पठाइएकाले सरकारको नियतप्रति सबै सजग हुनुपर्ने बताए ।