वर्तमान सरकारको रबैया काँग्रेसले टुलटुलु हेरेर बस्दैनः साउद

काठमाडौं । वर्तमान कम्युनिष्ट सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार आन्दोलनका क्रममा प्रहरीको दमनबाट घाइते भएका नेविसंघ महामन्त्री कप्लेश्वर यादबलाई लाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले भेटेका छन् ।

सिघ्रस्वास्थ्य लाभको कामना गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा विद्यार्थी नेतामाथि वर्तमान सरकारको निर्देशनमा गरिएको दमनले सरकारको अभिनायकवादी चरित्र उजागर गरेको प्रतिक्रिया साउदले दिए । साउदसँगै काँग्रेस नेता चन्द्र भण्डारीले पनि यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । आइतबारको दमनमा करिब पाँच जना नेविसंघ कार्यकर्ता घाइते भएका थिए भने १५ भन्दा बढी कार्यकर्तालार्य पक्राउ गरिएको थियो ।

सोमबार पनि नेविसंघ, महिलासँग र तरुण दलले सरकारको जवरजस्ती विरुद्ध आन्दोलन जारी राखेको छ । सरकार सदनमा दुईतिहाइको दम्भका कारण प्रदर्शित अतिबादका विरुद्ध अब नेपाली काँग्रेस टुलटुलु हेरेर नबस्ने प्रतिक्रिया नेता एनपी साउदले दिए ।