‘कलमको शिरमाथि पञ्चायती तरबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई कलमको शिरमाथि पञ्चायती तरबार भएको संज्ञा दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरबाट प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले विधेयकलाई कलमको शिरमाथि पञ्चायती तरबार भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव भन्ने प्रश्न गर्दै तरबार सुनको या पित्तलको जे भएपनि गर्धनलाई उत्तिकै चोट पुग्ने प्रवक्ता शर्माले बताएका हुन् ।

उनले ट्विटरमा भनेका छन्, ‘कलमको शिरमाथी माथी पन्चायती तरबार‘ अर्थात मिडिया काउन्सिल सम्बन्धि विधेयक ! @PM_Nepal सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव ? तरबार सुनको होस् या पित्तलको गर्धनलाई चोट उस्तै हुन्छ कमरेड !!’