कन्टेनर जोडेर तीनतले सुन्दर घर

अमेरिकी डिजाइनर विल ब्रेक्सले सामान ढुवानी गर्ने ११ सिपिङ कन्टेनर जोडेर तीन तलाको सुन्दर घर निर्माण गरेका छन् । घरको दृश्य र इन्टेरियर हेर्नलायक भएको मिडियाहरुले उल्लेख गरेका छन् । यो घरको प्रसंशा विभिन्न सामाजिक सञ्जालमा हुनथालेको छ ।

विलले थ्रीडी सफ्टवेरको प्रयोगबाट यसको योजना बनाएको र क्रेनको मद्दतबाट कन्टेनर जोडेको बताएका छन् । कन्टेनरबाट यो तीनतले घर सन २०१७ मै तयार भए पनि यसको तस्बिर हालैमात्र भाइरल बनेको हो ।

घरको इन्टेरियर र सम्पूर्ण फिनिसिङ भने भरखरै मात्र तयार भएको विलले बताएका छन् । उनका अनुसार पैसाको कमीले यसलाई समयमै पुरा गर्न नसकेका हुन् । अझै पनि घरको एक भाग तयार गर्नै बाँकी रहेको उनको भनाइ छ । विलको भनाइ छ कि यसलाई हतारमा होइन फुर्सदमा बनाउने हो । विशेष खालको घर भएकाले यहाँबाट ओहोरदोहोर गर्नेहरुका लागि यो आकर्षणको केन्द्र बन्ने गरेको छ ।