डेंगुबिरुद्ध दक्षिणकाली नगरपालिकाको सफाइ अभियान

फर्पिङ । दक्षिणकाली नगरपालिकाले आफ्नो १७औँ हप्ताको सरसफाई कार्यक्रमलाई डेंगुविबरुद्धको अभियानका रुपमा सञ्चालन गरेको छ ।

सरसफाइका साथै महामारीका रुपमा फैलिरहेको डेंगुबारे सचेतीकरण गर्न सरसफाइ सप्ताहलाई अभियानका रुपमा सञ्चालन गरिएको नरकी उपप्रमुख वशन्ती ढंगोलले बताइन् ।

उपमेयर ढंगोलकै सभापतित्वमा भएको कार्यक्रममा उनले भनिन्, ‘यस खाले कार्यक्रमले सरसफाइका साथै थोरै सचेत हुनसके पनि डेंगुबाट बच्न सकिने छ ।’

उनले ब्यक्तिगत सरसफाई र बातावरणिय सरसफाईमा ध्यान दिंदा धेरै रोगबाट बच्न सकिने भएकाले नगरपालिकाले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको बताइन् । नगरले वृक्षरोपणदेखि सरसफाइलाई विशेष महत्व दिएको छ ।