बाग्मतीका मुख्य मन्त्रीले भनेः कोही भोकै नमर्ने अवस्था सिर्जना गर्छु

हेटौंडा । चारदिन यताको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, मजदुर, गरिब र निम्न आय भएका श्रमिक वर्ग के खाने, कसरी पेट पाल्ने भन्ने समस्यामा देखिइन थालेका छन । सामान्य रोगगारी गरेर मासिक तलबमा गुजारा गर्नेहरु पनि ग्यास, चामलगायतको जोहो गर्न नसकेर चिन्तामा छन । यही बेला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बाचा गरेका छन ।

प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन लम्बिने अवस्था आए आर्थिक अवस्था कमजोर भएका गरिब, ज्यालादारी गरेर जीविका चलाउने तथा अशक्त नागरिकका लागि विशेष व्यवस्था गरेर भए पनि खाद्यवस्तुको अभाव हुन नदिने बताएका हुन । तर उक्त व्यवस्था कहिलेदेखि हुन्छ र त्यसको उपलब्धताको तरिका के हो ? भन्ने खुलाएका छैनन ।

उनले मानव जातिकै लागि चुनौतीका रूपमा विकसित हुँदै गएको कोभिड–१९ को सङ्क्रमण आक्रामक हुँदै विश्वव्यापी बनिरहेको बेला प्रदेशवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा यसको सङ्क्रमणबाट बच्न आधिकारिक व्यक्ति तथा संस्थामार्फत प्राप्त सल्लाहअनुसार विशेष सावधानी अपनाउन अनुरोध पनि गरेका छन ।

ुयो हेलचेक्र्याईं र लापर्वाही गर्ने समय हुँदै होइन, यतिखेर हामी एक व्यक्तिले गर्ने गल्तीले हाम्रा प्राणभन्दा प्यारा आमा बुबा, छोरा छोरी, श्रीमान् श्रीमती, दाजुभाइ दिदीबहिनी हुँदै सिङ्गो समाजलाई मृत्युको मुखमा पु¥याउन सक्छ । यतिखेर यस राक्षसी भाइरसका कारण संसारभर सन्त्रास छाएको छ । संसारका अधिकांश देशका नागरिकहरु आफूलाई सुरक्षित राख्न घरभित्र बसेका छन् । हामीले पनि कोरोनाविरुद्धको लडाईँमा घरभित्रै बसेर राज्यलाई सहयोग गर्नुछु, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन ।

पौडेलले अत्यावश्यकबाहेक घरबाहिर हिँडडुल तथा आवतजावत नगरी घरमै सुरक्षित रूपमा रहेर सम्भावित महामारीलाई नियन्त्रण गर्न सकारात्मक भूमिका खेल्ने प्रदेशवासीप्रति सम्मान व्यक्त गर्दै लकडाउनको पालना नगर्ने केही व्यक्तिलाई जिम्मेवार भई लकडाउनको पूर्ण पालनागरी घरभित्रै बसिदिन आग्रह गरेका छन ।

परिस्थितिको गाम्भीर्यता हेरेर सरकारले अझै कडा र प्रभावकारी कदम चाल्न सक्ने भएकाले सजग हुनसमेत उनले अनुरोध गरेका छन । लकडाउन लम्बिने अवस्था वा अन्य अवस्थामा खाद्य सामग्री, औषधोपचार, इन्धनलगायतको अत्यावश्यक सामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले विशेष पहल गरी ‘कोही भोकै नपर्ने, कोही भोकै नमर्ने’ अवस्था सिर्जना गरिने उनले सन्देशमा बताएका छन ।

लकडाउनका बेला शहरी क्षेत्रका बजारमा निश्चित समयमा भीडभाड र तँछाडमछाडको अवस्था देखिनुले लकडाउनको उद्देश्य र प्रभावकारितालाई शून्यमा झार्न सक्ने भन्दै मुख्यमन्त्री पौडेलले अत्यावश्यक सामग्री किन्न जाँदासमेत भीड नहुनेगरी र एक्लै जान तथा एक पटक जाँदा केही दिनलाई पुग्नेगरी सामग्री ल्याउन र त्यसरी जाँदासमेत विशेष सावधानी अपनाउन अनुरोध गरेका छन ।

पौडेलले गाउँघरमा रहेका किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीको काम गर्न सल्लाह दिएका छन । पौडेलले यस्तो बेला आफू पनि कसैको घरमा पाहुना लाग्न नजान र अरुलाई पनि नबोलाउन अनुरोध गरेका छन ।