डोटीमा पिपिई सेट छैन, चिकित्सकलाई समस्या

डोटी । कोरोना भाइरस रोकथामका लागि जिल्लामा अनेक प्रयास भइरहे पनि सङ्क्रमण भएको हुनसक्ने बिरामीलाइ जाँच गर्न चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई जोखिम हुने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलार्इ राख्नका लागि जिल्लामा आइसोलेशन कक्ष तथा शय्या तयारी अवस्थामा भए पनि यहाँका चिकित्सकले पिपिई सेट र एन ९५ (कीटाणु पस्न नसक्ने) मास्क अहिलेसम्म पाउन सकेका छैनन् ।

पिपिई सेट र मास्क नपाउँदा चिकित्सक जोखिम मोलेरै अस्पतालमा बिरामी जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरले बताइन । उनले भनिन, “अस्पालहरुमा पिपिई सेट छैन, सङ्क्रमितको सङ्ख्या बढ्यो भने के गर्ने भन्ने अन्योल छ ।ू

सरकारले सबै स्वास्थ्यकर्मी सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मी पिपिई सेट नहुँदा दिनहुँ जोखिम मोल्दै काम गर्न विवश रहेको शैलेश्वरी अस्पतालका चिकित्सक आइजङ्ग कुँवरले बताए ।

सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै जम्मा पाँच थान पिपिई उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पिपिई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताए ।

यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पिपिई सेटविना नै दिनरात जोखिम मोल्दै बिरामी जाँचसहित ज्वरो नापिरहेको शैलेश्वरी अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले बताए । स्थानीय स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यका कर्मचारीदेखि जिल्लासम्मका स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य छन् ।
यहाँका अस्पतालमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीसँग एन ९५ मास्क पनि नभएको बताइएको छ । त्यस्तै बिरामीको उपचारका