‘भ्रष्टाचारीका कारण विकासको गति उँधो लाग्यो’

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको बताएका छन् ।

डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनमा मुख्यमन्त्री भट्टले देशमा जति विकास गर्ने कोशिस गरेपनि भ्रष्ट मानसिकता र भ्रष्टाचारी कर्मचारीका कारण विकासको गति उँधो लग्दै आएको बताए ।

उनले भने, ‘कमिसन खोर र भ्रष्टाचारका कारण देश बदनाम हुँदै गएको छ, भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ ।’ मुख्यमन्त्री भट्टले गाउँ र समाजको विकास गर्नु छ भने सोच बदल्नुपर्ने समेत बताए ।

सुदूरपश्चिम प्रदेशलाई विकासका पूर्वाधारले देशकै नमूना प्रदेश बनाउनेतर्फ आफू लागि परेको समेत मुख्यमन्त्री भट्टले बताए ।