रसियाको कुरिल द्वीपमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मस्को । रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन् ।

एजेन्सी