आयो धुलोको ट्रेलर

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।  नेपाल टेलिभिजनमा क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा फिल्म निर्माण भएको हो ।

१६ फागुन गने प्रदर्शन हुने फिल्ममा राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको विषय टिपिएको छ ।

‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य भूमिकामा छन् । नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई पनि फिल्ममा देख्न सकिने बताइएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए ।