‘रातो गलबन्दी’को फस्र्टलुक र शीर्ष गीत सार्वजनिक

काठमाडौं÷फिल्म ‘रातो गलबन्दी’ आगामी साउन १७ गते प्रदर्शन हुने भएको छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको फस्र्टलुक पोस्टर र शीर्ष गीत सार्वजनीक गरिएको हो । नवनिर्देशक अनिश थापाले निर्देशन गरेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

सामाजीक प्रेमकथामा बनेको फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेशपायल राई र श्रेया राईको स्वर छ ।

गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन । गीतको संगीत बिनोद खुम्बुको हो भने प्रकाश दुलाल कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा बासुदेव घिमिरे, अमृत अम्गाई र रामकृष्ण घिमीरे छन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा छायाँकन गरिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

ल्मको कथा हिमाल कडरियाले लेखेका हुन् भने स्क्रिप्ट किरण माइकलको हो । फिल्मले अत्याधिक मनोरञ्जनका साथै समाजोपयोगी सन्देश प्रभाह गर्ने दावी निर्माण पक्षको छ ।