‘साईली’पछि हेमन्तको ‘माया बस्यो है’

काठमाडौं । चर्चित गीत ‘साईली’पछि गायक हेमन्त रानाको स्वरमा ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।

माया प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधानले अभिनय गरेका छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको गीतको भिडियो लवेश श्रेष्ठ र रुबिन प्रधानले खिचेका हुन् ।

गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति छ । एकपटक देख्दैमा माया बसेको सोच्ने आजका युवापुस्ता माथि गीतले व्यङ्ग्य गरेको छ ।