गोदावरीमा दर्शनार्थीको घुइँचो

कैलालीको गोदावरी धाममा दर्शनार्थीको घुइँचो लागेको छ । धनगढीदेखि करिब २२ किलोमिटर उत्तर चुरे फेदिमा रहेको धार्मिक धाममा माघेसंक्रान्तिका अवसरमा मेला लागेको हो । माघे सङ्क्रान्तिको अवसरमा धाममा स्नान गर्न र दर्शन गर्न कैलाली कञ्चनपुर, टोडी, डडेल्धुरालगायतका जिल्लाबाट दर्शनार्थी आउने गर्छन ।