खानामा क्रान्ति, मेनुमा आफ्नै ब्राण्डः हार्टन क्याफे

काठमाडौं । साथीभाइ, घरपरिवार, एक्लै वा गुड फ्राइडे मनाउने मुडमा हुनुहुन्छ ? होटेल, रेस्टुराँ वा क्याफेमा अर्गानिक र मौलिक नेपाली स्वादसहित आनन्द लिन चाहनुहुन्छ भने हार्टन क्याफे यहाँका लागि उत्तम रोजाइ हुनसक्छ ।

कहाँ छ त ? हार्टन क्याफे । मध्ये बानेश्वरको भेनस अस्पतालको ठिक अगाढी हार्टन क्याफे विगत १४ वर्षदेखि सेवारत छ । खाना, खाजा र प्येपदार्थमा हरेक दिन नयाँ स्वाद पस्कँदै आएको क्याफेको व्यवस्थापन पनि उत्तिकै चुस्त र स्फुर्त छ । सेमी गार्डेन शैलीमा सजावट गरिएको क्याफेमा पाहुनाको सम्मानपूर्वक सेवा गरिनु क्याफेको आफ्नै मौलिकता हो ।

नेपाली मःमः बजारमा पहिलोपटक ग्रिन मःमः भित्र्याएको क्याफेले अर्को स्वादका रुपमा चिकेन क्रिप्सि, चिकेन पिप्स मात्रै लन्च गरेन । हरेक दिन खानाका परिकारलाई फ्युजन गरेर नयाँ स्वाद पस्कनु क्याफेको मौलिकता हो ।

यतिबेला क्याफेमा चाईनिज, इटालियन, इन्डियनलगायतका खानाको निरन्तरतासँगै नेपाली मौलिक स्वादका खानालाई विशेष प्राथमिकता दिइएको छ । साँधेको मःमः, मःमः विथ जिराको स्वादका पारखी बढिरहेको बेला क्याफेले एमबी स्टाइल चाउमिन पस्किएपछि यसका पारखीहरु निक्कै बढेको क्याफेका संचालक मुकुन्द बिष्टले बताए ।

‘हरेक दिन केही नयाँ’ सिद्धान्तमा सञ्चालित हार्टन क्याफेले यतिबेला टिपिकल नेपाली स्वादमा फापरको मःमः, मकैको मःमः र गहुँको पिटोबाट मःमःलाई प्रमोसन गरिरहेको छ । ‘यो नयाँ स्वादका लागि मात्रै होइन, राजधानीबासी हाम्रा पाहुनाहरुको स्वास्थ्य पनि राम्रो होस् भन्ने चाहना हो’, सञ्चालक बिष्टले भने, ‘फापर, गहुँको पिठो र मकैको पिठोबाट बनेको मःमः स्वादमा मात्रै नयाँ छैन, हाइजेनिक पनि छ । यो अर्गानिक खाजाको रुपमा हामीले पस्किएका छौँ ।’

उसो त रुफटप स्पेससहितको क्याफेमा बसेर घरायसीदेखि मिडियम स्तरका पार्टी, भोज र कार्यक्रमहरु गर्ने वातावरण पनि हार्टनले हार्दिकताका साथ निर्माण गरेको छ । पछिल्लो समय यहाँको मौलिक स्वादलाई तमामौं बैंक, अस्पताल र सरकारी तथा ग्रैर सरकारी संस्थाहरुले लन्च बक्सका रुपमा अर्डर गर्ने गरेका छन् । ‘स्वाद, गुणस्तर र समयमा सम्झौता नगर्ने हाम्रो प्रतिवद्धता हो’, संचालक बिष्टले भने ।

शान्त, सफा, सौहार्द वातावरण मात्रै होइन क्याफेभित्रै हस्तकलाद्वारा निर्माण गरिएको शिव मूर्तिले अनौठो आनन्दानुभूति हुने यहाँ आउने आगन्तुक बताउँछन् । मिठो स्वाद, शान्त वातावरण र आध्यात्मिक अनुभूति हार्टनको अर्को मौलिकता हो ।