कोरोना प्रभावः ‘हिजो आजका कुरा’ स्थगित

काठमाडौं । ‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो ।

बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो ।

‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं’, बिज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् ।