आइएमई. लाइफइन्स्योरेन्स र आईसिएफसी फाइनान्स बीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसी फाइनान्स लिमिटेड काठमाडौंबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र आईसिएफसी फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

बैंक अस्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले आईसिएफसी फाइनान्स लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउन र जीवन बीमा सम्बन्धी जानकारी लिन सक्ने बताइएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७५ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बिभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजिवन लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका नागरिकको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको कम्पनीले जनाएको छ ।