भारतको १५ औँ प्रधानमन्त्रीका रुपमा भाजपा नेता नरेन्द्र मोदीले लिए सपथ

नयाँदिल्ली । भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार साँझ सपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सपथग्रहण गराएका हुन् ।

हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गरेका हुन् । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो ।

सपथग्रहण समारोहमा शिर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका सरकार प्रमुखलाई सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरेका थिए बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।

कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ ।

आजै मोदीको मन्त्रीमण्डलमा अमित शाह, नितिन गढकरी, राजनाथ सिंह, अर्जुन मुंडा, निर्मला सितारमण, नरेन्द्र सिंह तोमर, स्मृति ईरानी, रदानन्द गौडा, थावर चंद गहलोत, एस जयशंकर, रविशंकर प्रसादलगायतलाई मन्त्रीको सपथ लिएका छन् ।