भारतमा एकै दिन पाँच हजार संक्रमित, ३१ सय भन्दा बढीको मृत्यु, कतै बस सञ्चालन, कतै सैलुन, कतै पार्क खुला

एजेन्सी । भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । गएको २४ घन्टामा चार हजार नौ सय ७० संक्रमित फेला परेका छन । भारतमा आजसम्म कुल संक्रमितको संख्या एक लाख एक हजार एक सय ३९ भन्दा बढी पुगेको छ ।

संक्रमित मध्ये ३९ हजार एक सय ७४ निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म भारतमा कोरोनाबाट तीन हजार एक सय ६३ जनाको मृत्यु भइसकेको छ  ।

ओमानबाट १६६ नागरिक ल्याइए
वंदे भारत मिसन दोस्रो चरण अन्तर्गत एयर इन्डिया एक्सप्रेसको विशेष उडानबाट एक सय ६६ भारतीयलाई ओमानको मस्कटबाट हैदराबाद ल्याइएको छ ।

कर्नाटकमा बस संचालन
कर्नाटक सरकारले मंगलबारबाट बस सेवालाई पुनः सञ्चालनमा ल्याएको छ । संक्रमणको प्रभाव कम भएकाले बस सेवा सञ्चालनको अनुमति दिइएको हो ।

हैदराबादमा ट्याक्सी र सैलुन सेवा सुरु
हैदराबादमा अटो तथा ट्याक्सी सेवा पुनः सुरु भएको छ । यहाँ सैलुनहरु पनि सञ्चालन गर्ने अनुमति दिइएको छ ।

बैङलोरमा पार्क खुला
बैङलोरमा आम मानिसका लागि पार्क खुला गरिएको छ । मंगलबार विहान क्यूविक पार्क र लाबाग गार्डन मानिसहरु घुमघाम गर्न पुगेका थिए

गुजरातमा पान र चियापसल खुला
गुजरातको राजकोटमा पान र चियाका पसल पनि खुला गरिएका छन । लकडाउनको चौथो चरणमा चिया र पानका पसल खोल्ने अनुमति दिइएको हो ।