नेता घरमै नजरबन्द, नागरिकलाई घरबाट निस्कन प्रतिबन्द

एजेन्सी । द्वन्द्वग्रस्त जम्मुकाश्मिरलाई भारत सरकारले गए रातीदेखि ठप्प पारेको छ । धारा १४४ लागू गरिएको भनिएको यो विशेष अवस्थामा राजधानी श्रीनगरमा मूलधारका विपक्षी पार्टीका नेताहरू घरमै नजरबन्द भएका छन् भने मोबाइल, इन्टरनेट र केवल टेलिभिजन पूरै बन्द गरिएका छन्।

यसैगरी सरकारले त्यहाँ कुनै पनि खाले सार्वजनिक भेला, र्‍यालीमाथि प्रतिबन्ध लगाएको छ। सर्वसाधारणको आवातजावत र सबैखाले शैक्षिक प्रतिष्ठान सञ्चालनमा पनि रोक लगाइएको छ। जम्मुकाश्मिरमा सुरक्षाकर्मीको विशाल उपस्थिति छ।

यो घटनाक्रमले उक्त राज्यमा सन्त्रास छाएको छ। उच्चअधिकारीले ‘द इन्डियन एक्सप्रेस’लाई बताएअनुसार सरकारले संविधानको धारा ३५ ९ए० लाई परिमार्जन गर्ने उपाय खोजेको छ, जुन धाराले जम्मुकाश्मिरका स्थायी बासिन्दालाई विशेषाधिकारको व्यवस्था गर्दै आएको छ।

जम्मुकाश्मिरको वस्तुस्थितिको समीक्षा गर्न आज बिहान केन्द्रीय सरकारको मन्त्रिपरिषद बैठक बस्दैछ। बैठकअघि यतिबेला गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मोदीको सरकारी निवास पुगेका छन्।

सरकारको यो हस्तक्षेपका क्रममा राष्ट्रिय कांग्रेसका नेताद्वय ओमार अब्दुल्लाह, फारुक अब्दुल्लाह र पिडिपीका अध्यक्ष मोहम्मद मुफ्ती नजरबन्दमा राखिएका छन्। तीनै जना नेताले टिवट्रमार्फत् आफूहरू नजजरबन्दमा परेको जानकारी दिएका छन्। मुफ्तीले ट्विटमा भनेकी छिन्, ‘शान्तिका लागि लड्ने हामीजस्ता निर्वाचित प्रतिनिधि नजरबन्दमा पर्नु कस्तो बिडम्बनारु

म्मुकाश्मिरमा जनताको आवाजलाई दबाउने काम भइरहेको संसारले देखेकै छ। धर्मनिरपेक्ष भारतलाई स्वीकार गरेको जम्मुकाश्मिरमा यस्तो खाले अकल्पनीय दमन भइरहेको छ। जाग भारत !’