अस्थाइन् भारतीय पूर्व विदेशमन्त्री सुषमा

एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको मंगलबार राती निधन भएको छ । उनलाई हृदयघात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । सुषमालाई अस्पताल लगिएपछि भारतका रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्य मन्त्री डा हर्षवर्धन, नितिन गडकरी एम्समा उपस्थित थिए ।

सुषमाको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह पनि अस्पताल पुगेको खबर छ । मोदीले सुषमाको निधनप्रति शोक व्यक्त गर्दै भनेका छन्, सुषमाजीको निधन मेरालागि निजी क्षति हो ।

मोदीले सुषमाको निधनलाई लिएर भनेका छन्, भारतीय राजनीतिकी एक गौरवपूर्ण अध्यायको अन्त्य भएको छ । गरिब र समाजका लागि जीवन दिने अद्विीतीय नेताको निधनमा पुरा भारत दुःखी छ । सुषमा स्वराज आफ्नो शैलीकै एक्ली नेतृ थिइन् । उनी करोडौं जनताका लागि प्रेरणाको स्रोत थिइन् ।