नेपालले लिम्पियाधुरा–लिपुलेकसहितको नक्शा सार्वजनिक गरेपछि भारतीय मिडियाको ‘सर्कस’ सुरु

काठमाडौं । नेपाल सरकारले भारतद्वारा अतिक्रकित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले ‘स्तरहीन’ सर्कष सुरु गरेका छन ।

बलिउडमा अभिनय गरेकी नेपाली अभिनेत्रीले तीन देखले सुझवुझपूर्ण सम्वाद गर्नुपर्ने आसयको अभिव्यक्तिलाई समेत विषय बनाएर ‘भारतका खाती है,चीनका गीत गाती है’ सम्मको सोच प्रस्तुत गरिरहेका छन ।

भारतीय मिडियाले प्रस्तुत गरेको उक्त समाचारहरुको कमेन्टमा कतिपयले ‘श्रम बेच्नु भनेको स्वाभिमान बेच्नु होइन, भारतीय मिडियालाई यति पनि जानकारी छैन रहेछ कि उसका तीन करोड २१ लाख नागरिक विदेशमा श्रम गर्छन र त्यस मध्ये केही लाख नेपालमा पनि छन’ भनेर लेखेका छन ।

कतिपय मिडियालाई लिम्पियाधुरा, कालापानी त्रिदेशीय नाका हो भन्ने सम्मको हेक्का नभएको पनि प्रस्ट हुन्छ । र एतिहासिक नक्शा र सम्झौताअनुसार लिम्पियाधुरा क्षेत्र नेपालको हो भन्ने जानकारी समेत नभएका मिडियाले चीनलाई भने नराम्रोसँग यो मामलामा तानेका छन । उनीहरुले यतिसम्म भन्न भ्याएका छन कि, ‘नेपालको केपी शर्मा ओलीको सरकार चीनले बनाइदिएको हो र उसैको उक्साहटमा नेपालले नक्शा जारी गरेको छ ।’

मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले सार्वजनिक गरेपछि भारतमा यसअघि हिन्दू–मुस्लिमका बीच ‘वैमनस्यता’ फैलाउने गरि बहस चलाउने र पछिल्लो समय कोरोना संक्रमणमाथि अनेकन ‘नाटकीय रिपोट’ प्रस्तुत गर्ने भारतीय मिडिया यतिबेला कहिल्यै दासत्व र उपनिवेश नबनेको नेपालप्रति विष बमन गरिरहेका छन ।

यो ‘हल्ला’को पछाडि कहिल्यै जनताको आवाज नबोल्ने भारतीय ‘ठूला’ भनिएका मिडियामात्र होइन लामो समय पत्रकारितामा दिन विताएकाहरु पनि सामेल देखिन्छन । जुन कुराप्रति नेपालको मूलधारको मिडिया नयाँ पत्रिकाले एक तथ्यपरक विश्लेषण पनि विहीबारको अंकमा प्रस्तुत समेत गरेको छ ।