भारतद्वारा कोटेश्वर बहुुमुखी क्याम्पसको भवन निर्माण

काठमाडौं । नेपालकालागि भारतीय राजदूत मंजीवसिंह पुरीले कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् ।

शनिबार उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्यलगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुुमुखीक्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो । क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रम सञ्चालनगर्दै आएको छ ।