भूकम्प पीडितका लागि भारतले हस्तान्तरण गर्यो एक अर्ब ६० करोड

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सोमबार अर्थसचिव डा. राजन खनाललाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भारत सरकारले आवास पुनर्निमाणका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

नुवाकोट र गोरखाका ५० हजार पीडितलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि भारत सरकारले रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई चार अर्ब ५० करोड प्रदान गरिसकेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।

उक्त कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले भूकम्प पछिको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको मानवीय सहयोगका लागि सराहना व्यक्त गरे । साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको दोहो¥याए ।