मुकेश अंबानीकी छोरी ईशाको पिंक लेहेंगाको चर्चा

ऐजेन्सी । उद्योगपति मुकेश अंबानी र नीता अंबानीकी छोरी ईशा अंबानी ड्रेस सेन्सका कारण निकै चर्चामा छन् । पछिल्लो समय ईशा पिंक कलरको पहिरनका कारण निकै चर्चामा छिन् । उनको फेसन सेन्सको जताततै प्रसंसा हुने गरेको छ ।

कुनै पनि सुन्दर युवतीका लागि स्टाइलिस देखिन मन हुन्छ । सुन्दर देखिन त सहज होला तर स्टालिस, भद्र, अरुको ध्यान तान्न सक्ने र अरुका लागि पनि रोलमोडल बन्नसक्ने गरि सजिलो नहोला । तर ईशाले सँधै ड्रेन्डी फेसन सेन्सले सबैको ध्यान आफूतिर तानेकी छिन् ।

ईशा यतिबेला पिंक ड्रेसका कारण भारतमात्रै होइन विदेशमा पनि चर्चामा छिन् । केही समय अघि उनले अबु जानी र संदीप खोसलाको गोल्ड र रेड लेहेंगामा सबैलाई चकित पार्ने सुन्दरता पस्किएकी थिइन् । यतिबेला उनी हरेब विवाहमा फिट हुने पिंक लेहंगाका कारण चर्चामा छिन् ।

शा आफ्ना प्रसंसकका लागि फेसन गोल सेट गर्ने गर्छिन । उनको कपालको स्टाइलदेखि, लिपिस्टिकसम्म फरक हुने गरेको मिडियामा चर्चा हुने गरेको छ । ईशा यतिबेला आफन्तको प्रि वेडिङमा छिन् ।

उनले एक से एक फेशनका तरिकाहरु त्यहाँ अपनाइरहेको मिडियाले चर्चा गरेका छन् । ईशाले यतिबेला प्रयोग गरेको पिंक लेहेंगा सेलिब्रेटी स्टाइलिस्ट एमी पटेलले स्टाइल गरेको हो । यो सुविधायुक्त लेहेंगामा मसिनो गरि कढाइ गरिएको छ ।

यो सँगै ईशाले पारदर्शी दुपट्टा पनि प्रयोग गरेकी छिन् । ईलाले लेहेंगासँग आकर्षक डायमंड चोकर, इयररिंग र डायमंडका बालाका साथमा स्टाइल गरेकी छन् । उनको मेकअफ वर्दान नायकले गरेका थिए ।