दुई जना अग्रज पत्रकार सम्मानित

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकारित क्षेत्रमा लामो समय योगदान पु¥याएका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

प्रदेश समितिले प्रथम वार्षिक साधारण सभाको अवसरमा कैलालीमा लामो समय पत्रकारिता गरेका अग्रज पत्रकार घनबहादुर शाह र कञ्चनपुरमा लामो समय पत्रकारिता गरेका कर्णदेव भट्टलाई सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले दुवै जनालाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा प्रदेश प्रमुख मल्लले पत्रकारिता समाजको हितमा हुनुपर्ने धारणा राखे ।