विश्व हिन्दू महासंघको सचिवमा ज्योत्सना

काठमाडौं । विश्व हिन्दू महासंघको केन्द्रीय सचिवमा समाजसेवी ज्योत्सना साउद मनोनित भएकी छिन् ।
समाजसेवामा सक्रिय साउदलाई महासंघको केन्द्रीय समितिले मनोनित गरेको हो । विभिन्न सामाजिक संस्थामा बसेर समाजसेवा गर्दै आएकी साउदलाई सचिवमा मनोनित गरिएको महासंघले जनाएको छ ।

राजनीतिमा चासो र चिन्ता राख्ने राउद विशेष गरि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् । कला, साहित्य, शिक्षा र खेलकुदका क्षेत्रमा सम्भावना बोकेका युवायुवतीलाई व्यक्तिगत रुपमा पनि सहयोग र साथ दिँदै आएकी साउँद विश्व हिन्दू महासंघको सचिवमा  मनोनित हुँदा धेरैले खुसी व्यक्त गरेका छन् । ।

उनी नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री एनपी साउदकी धर्मपत्नी हुन् । उनले श्रीमानको राजनीतिक यात्रालाई विशेष रुपले सघाउँदै आएकी छिन् ।