भारतीय गायिका कनिकालाई कोरोना, लापरवाही गरेको अभियोगमा मुद्दा

एजेन्सी । कोरोना भाइरसको संक्रमण देखिएकी बलिउड गायिका कनिका कपूरको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । कोभिड १८ को संक्रमणबारे उनका परिवारले अस्पतालको रिपोर्टमा आशंका गरेका थिए । उनको दोस्रो टेस्ट पनि पोजेटिभ देखिएको हो ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊको संजय गान्त्री पीजीआई मा सोमबार कनिकाको टेस्ट गरिएको थियो । कोरोना परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

पहिलो रिपोर्टमा केही गलत देखिएकाले परिवारले शंका व्यक्त गरेका थिए । जुन रिपोर्टमा कनिकाको लिंग र उमेर गलत लेखिएको थियो । उनलाई पुरुष लेखिएको थियो । उमेर २८ वर्ष लेखिएको थियो ।

आशंका दूर गर्न पीजीआईले दोस्रोपटक परीक्षण गरेको थियो । कनिका १० मार्चमा लण्डनबाट लखनऊ आएकी थिइन । उनलाई आरोप छ कि विदेश यात्राबाट आएर उनी क्वारेन्टाइनमा जानुको साटो उनी भेटघाटमा व्यस्त भइन ।

कनिका मुंबइमा १० देखि १२ मार्चमा मानिसहरुसँग भेटघाट गरेकी थिइन । जसले उनलाई भेटेकी थिइन उनीहरुको खोजीका लागि बीएमसीले दुई टिम तयार गरेर खोजी गरिरहेको छ । लखनऊमा उनले पाँचतारे होटेलमा पार्टी पनि गरेकी थिइन, जहाँ कैयौँ हस्तिहरु उपस्थित थिए ।

कनिकालाई कारोना पोजेटिभ देखिएपछि उनले भेटघाट गरेका र पार्टीमा सामेल भएकाहरुको पनि परीक्षण गरिएको छ । तर उनीहरुमा नेटेटिभ देखिएको छ । यद्यपि सबैजनालाई क्वारेन्टाइनमा राखिएको छ । कनिकाका बिरुद्ध युपी पुलिसले लापरवाही गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।