किड्डी फेस अफ दि इयरमा ३२ प्रतिभा सहभागी

काठमाडौं । ‘किड्डी फेस अफ दि इयर २०२०’ का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको प्रतिभा प्रस्तुत गरेका छन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरूले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला, योगालगायत विषयमा प्रतिभा देखाएका हुन् ।

प्रतियोगिताको यो पाँचौ संस्करण हो । यस संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब सयभन्दा बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् ।

प्रतियोगितामा बालिकातर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजकले जानकारी दिए ।
अन्तिम प्रतियोगिता माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा हुँदैछ ।