संसद्‍मा प्रधानमन्त्रीले भने- दुई वर्ष यता जाडो र शितलहरले कसैले ज्यान गुमाउनु परेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाडो तथा शितलहरका कारण कठ्याङ्ग्रीएर दुई वर्ष यता कसैले पनि ज्यान गुमाउनु नपरेको बताएका छन् ।

संसदमा सरकारका उपलब्धीबारे बताउँदै उनले पछिल्लो दुई वर्षमा तराईमा जाडो तथा शितलहरका कारण कोही पनि मृत्युमा मुखमा नपुगेको भन्दै त्यसलाई उनले आफ्नो सरकारको उपलब्धी भएको बताए ।

नले राष्ट्रियसभा निर्वाचनले पनि जनता के चाहान्छन् भन्ने प्रष्ट भएको बताए । उनले समग्रतामा सिट संख्या र मतको संख्याले पनि सरकारको समर्थन बढी आएको कुराले सरकारसँग जनता खुशी भएको बताएका छन् ।

उनले ४० वर्षपछि त्रिभुवन विमानस्थल समयमै बनेको बताए । धेरै ठाउँमा एयरपोर्टको विकास विस्तार र रात्रिकालीन सेवा सुरु भएको उनको दाबी छ ।