नक्सा जारी गर्ने निर्णय सकारात्मक हो, सरकार कोरोना यिन्त्रणमा असफल भयोः नेता लेखक

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले सन १८१६ भएको इस्ट इन्डिया कम्पनी र नेपाल सरकार संग भएको सम्झौता अनुसार काली नदीसम्म नेपालको भू भाग रहेको बताएका छन । उनले लिम्पिया धुरा, लिपुलेक काली नदी भित्र रहेको कुरामा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

नेपाली जनसम्पर्क समिति आयरल्याण्डको आहोजनामा आयोजित ुकोरोना प्रभाव र सीमा बिवादु विषयक छलफलमा बोल्दै नेता लेखकले लिम्पिया धुरा र लिपुलेक नेपालको भुमी हुँदै भारतले मानसरोबर जोडने सडक निर्माण गरेको प्रति कांग्रेसले सरकारलाई तुरुन्त कुटनैतिक तबरले बार्ता गरेर भूमी फिर्ता लिन पहल गर्न ध्यानाकर्षण गराएको स्मरण गराउँदै सरकारको नक्सा जारी गर्ने निर्णय सकारात्मक भएको बताए ।

नेता लेखकले लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने सरकारको निर्णय सकारात्मक भए पनि अपूर्ण भएको बताए । उनले सन २०१५ मा भारत र चीन सरकार बीच लिम्पियाधुरा लिपुलेक हुँदै मानसरोबरसम्म सडक जोडने सहमति भएकाले चीनसँग पनि कुटनैतिक पहल नगरी नक्सा मात्र जारी गर्ने कार्य अपूर्ण हुने विचार व्यक्त गरे । नेता लेखकले कोरोना नियन्त्रण र सीमा बिवादका विषयमा सरकारलाई कांग्रेसको सहयोग रहने समेत बताए ।

नेता लेखकले कोरोना प्रकोपबाट अल्पकालीन र दीर्घकालीन रुपमा ठूलो असर पर्नसक्ने भएकाले समस्या समाधान गर्न सरकार असफल भएको समेत बताए । उनले जनसम्पर्क समिति आयरल्यान्डको आयोजनामा भएको भिडियो कन्फ्रेन्समा समतिका सभापति शुभराज न्यौपाने, पुर्व अध्यक्ष नवराज कोइराला, महामन्त्री प्रकाश सापकोटालगायतले धारणा राखेका थिए ।