लिटिल मिसका लागि ११ प्रतियोगी छनौट

काठमाडौं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का लागि ११ प्रतियोगी छानिएका छन् । पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।

जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अडिसनमा दुई दर्जन भन्दा बढी सहभागी थिए । प्रतियोगिताको अर्काे चरणको अडिसन आउँदो बिहीबार हुँदैछ ।

दुबै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतियोगिताको तयारी कक्षामा सहभागी हुन पाउने छन् ।