नेपाल लकडाउनः भोलि बिहान ६ बजेदेखि १८ गतेसम्म घर बाहिर निस्कन नपाइने

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन सरकारले भोलिदेखि नेपाल लगकडाउन गर्ने निर्णय गरेको छ । सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले चैत ११ देखि चैत १८ गते सम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनका क्रममा आन्तरिक हवाइसेवा समेत बन्द हुनेछन्। औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश सरकारले जारी गरेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकले घरबाहिर निस्कन पाउने छैनन ।