मेगा बैंकको मुनाफा एक अर्ब २१ करोड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा गरेको छ ।

दोस्रो त्रैमासिसम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । आर्थिक बर्ष २०७४–७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १३१ प्रतिशतले बढी मुनाफा गर्न सफल भएको छ ।

२०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि गरी ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जुन ७४.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ, जुन ६९.५४ प्रतिशतको वृद्धि हो ।

‘यहाँहरुको विश्वास जित्दै मेगा बैंक अघि बढ्दै’ भन्ने नाराका साथ मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल गरेको छ । ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४ सयभन्दा बढी मेगा रेमिट एजेण्टमार्फत बैंकले सेवा÷सुविधा प्रदान गर्दै आएको छ ।