मेगा बैंकको ‘मेगा रेमीट’ सेवा अब हङकङ, युएई र जोर्डनबाट पनि

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीनवटा मुलुकबाट ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको बैंकले जनाएको छ । हङकङबाट नेपालीले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।

युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम
मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।