‘मेगा रेमीट’ सेवा अब बेलायतबाट पनि

काठमाडौं । एकपछि अर्को सेवा विस्तार गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतसम्म विस्तार गरेको छ ।

मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको जनाएको छ ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँग साझेदारी गर्दै नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।

यो साझेदारी भएसँगै बेलायतमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र भरपर्दो हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।