कृति मिस ब्युटी अफ चितवन

चितवन । मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकी छन् । ट्प वान मिडियाले आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनरअप रस्मिता अधिकारी बनेका छन् ।

अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वाक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशी सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्री, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटा बन्न सफल भएका छन् । ट्प वन मिडिया प्रालिका प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

फाईनल चरणको निर्णायकमा नायिका अनिता केसी, निर्माता बसन्त शर्मा, नायिका सोनी बिसी, रंगकर्मि रफि शाह रहेका थिए ।

अन्तिम चरणका लागि छनौट भएका प्रतियोगीलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।