युनिका र समिर एसईई मोडल हन्ट

काठमाडौं । ‘एसईई मोडल हन्ट २०१९’को बिजेता युनिका पाठक र समिर तामाङ भएका छन् । युनिका फोटो जेनिक र मिस पपुलर उपाधि सहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस सहित छात्र तर्फको विजेता घोषित भएका हुन् ।

युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात पारेका थिए । यी दुबैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस २ अध्यनका लागि सतप्रतिसत स्कलरसिप, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको अलवा बिभिन्न गिफ्ट समेत हात पारेका छन् । कार्यक्रम डिएम इन्टरटेनमेन्ट आयोजना गरेको हो ।