‘नेपाल्स् प्लस साइज मोडल’का लागि २० प्रतियोगि

काठमाडौं । ‘नेपाल्स् प्लस साइज मोडल २०१९’का लागि २० प्रतियोगी छानिएका छन् । शनिबार आयोजित प्रारम्भिक चरणको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि २० प्रतियोगी छानिएका हुन् ।

‘मेरो कमजोरी मेरो क्षेमता’नारा रहेको प्रतियोगिताको आयोजक सिद्धि मिडिया रहेको छ । अडिसनमा ३० भन्दा बढीको सहभागिता रहेको अडिसनमा सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार तथा समाजसेवी प्रिती कार्की, मोडल तथा नेपाल स्टर मोडल सेकेन्डरनरअफ विजेता आयुसा ठाकुर लगायत निर्णाय रहेका थिए ।

छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ ।