‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

काठमाडौं । मोडलिङ सम्बन्धी चर्चित प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो ।
‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले तीन सय भन्दाबढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गरेको दावी आयोजक संस्थाका प्रमुख रवि धमलाले गरे । ‘मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा संचालन हँुदै आएको उत्कृष्ट प्रतियोगिता भएको विज्ञप्तिमा भनिएको छ ।

‘मोडल हन्ट नेपाल २०१९’मा भारतका चर्चित फेसन कोरियोग्राफर अभिमन्यु सिंह तमोर समेत आवद्ध छन् ।
जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगष्टमा पुगेर सकिने छ । प्रतियोगीमा १६ देखि २८ बर्षसम्मका युवायुवतीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागतिाका लागि युवाका लागि ५ फिट ८ इन्ट र युवतीका लागि ५ फिट २ इन्च कम्तिमा पनि हाइट हुनपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।