छानिँदै ‘नेपाल प्लस साइज मोडल’

काठमाडौं । नेपालमै पहिलोपटक मोटी युवतीको लागि ‘सिद्धि मिडियाले ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको थियो । अब भने पुरुष तथा महिला दुबैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।

‘मेरो कमजोरी मेरो क्षेमता’नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ ।

प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनसुकै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।
समाजमा दबिएर रहेका ब्यक्तिका प्रतिभा, निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।