गल्लीमा हिँड्न मनाहीः बजारमा जात्रा

O अक्षरपाटी संवादाता

विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि दिन दिनै बढ्दै गएपछि सरकारले शनिबारदेखि उपत्यकाका गल्लीमा पनि हिँड्न कडाइ गरेको छ । भीडभाड, जमघट र जनसम्पर्कले कोरोना संक्रमण झन फैलिने भएकाले कडाइ गरेको हो ।

तर विहान दैनिक उपभोग्य सामग्री खरिद गर्न दिइएको छुटलाई स्थानीयले भने उत्सवका रुपमा लिएको देखिन्छ । शनिबार विहान काठमाडौंको डिल्लीबजारमा होलसेल तरकारी पसलमा मानिसहरु अंगुरको झुप्पो झैँ देख्दा लाग्थ्यो सहरमा कोरोनाको कुनै असर छैन ।

त्यस्तै मैतीदेवीको सडक पेटीमा लागेको तरकारी बजार कुनै हाटबजार भन्दा कम थिएन । मानिसहरुले मास्क लगाए पनि भौतिक दुरीको भने कुनै वास्ता गरेको देखिँदैन थियो । एउटै पसलमा दसौँ मानिस कुनै दुरी कायम नगरि सामान खरिदमा तल्लीन देखिन्थे । यसले दिनैपिच्छे फैलँदै गएको संक्रमणले थप गाँज्ने आशंकालाई बलियो बनाएको छ ।

प्रशासनले लकडाउन कडा गर्नेभन्दा पनि किराना पसल एउटा समयमा, दुग्धजन्य पसल अर्को समयमा, तरकारी पसल फरक समयमा खोल्नुपर्ने राय उपभोक्ताहरुको नै थियो । आम नागरिकलाईसँगै व्यवसायीलाई पनि आफ्नो पसल अगाडी तीन वा चारजना भन्दा बढी मानिस लाइन बस्न नदिने नियम अख्तियारी गरे लकडाउन प्रभावकारी हुने पसलमै झुम्मिएका उपभोक्ताहरुकै राय सुनिन्थ्यो ।

केही प्रतिनिधि तस्बिरः