कोरोनाको कहरमा यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्तरलिङ्गीको आग्रह

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका क्वारेन्टीनमा विभिन्न सिमान्तकृत तथा अल्पसंख्यक
समूदायहरुप्रति बढी संवेदनशिल हुन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन ।

विभिन्न संस्थाले सार्वजनिक गरेको अपिलमा उनीहरुले विन भेदभाव क्वारेन्टीनमा राख्न, सामान उपलब्ध गराउन र व्यवहार गर्न पनि अपिल गरेका छन ।

ब्लू डायमन्ड सोसाइटीकी कार्यक्रम संयोजक भूमिका श्रेष्ठले मिडियो सन्देशमार्फत यस्तो अपिल गरेकी हुन । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्तरलिङ्गीहरुको अधिकारमा कार्यरत संस्थाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्तरलिङ्गी व्यक्तिहरुको विषयमा बढी संवेदनशिलता अपनाउन सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनुरोध गरेका हुन ।