परशुराम नगरपालिकाका मेयर साउदसहित १५५ जनाको कोरोना परीक्षण

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदसहति अग्रपंक्तिमा खटिएका एक सय ५५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

बुधबार नगरपालिका अन्तर्गत नगरकार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकका कर्मचारी र नगरपालिका कर्मचारी गरि जम्मा एक सय ५५ जनाको कोभिड १९ को आरडिटी विधिबाट परिक्षण गरिएको हो ।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । हाल सम्म परशुराम नगरपालिकामा कोरोना संक्रमित देखिएका छैनन । कोरोना नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग प्राप्त भएकोमा नगरपालिकाका मेयर साउदले सम्पूर्णलाई धन्यवाद दिएका छन ।

आगामी दिनमा पनि लकडान थप कडाइका साथ पालना गर्न र नगरपालिकाले जारि गरेका सूचना पालना गरेर सहयोग गरिदिन नगरपालिकाले सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ ।